म्याग्दीः रघुगंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ।

भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ।

बिहान ७ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर जलेर ध्वस्त भएपछि भण्डारीका परिवार आफन्तको घरमा आश्रय लिएका छन्।