सुनसरीः गढी गाउँपालिका–२ मा आज बिहान आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय थुवा भनिने भुमीसुधार माझी रहेको प्रहरीले जनाएको छ ।

टाटीको बेरा, फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा आज बिहान १ बजेको समयमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

घटनास्थलमा थप अनुसन्धानको लागि प्रहरी टोली खटिएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, कार्तिक १, ११:५१