काठमाडौंः ‘चपली हाइट’ को तेस्रो संस्करणका रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ । ‘चपली हाइट ३’ आगामी चैत्रबाट प्रदर्शनमा आउने भएको छ ।

मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे ।

दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’ को तेस्रो संस्करणका रुपमा ‘चपली हाइट–३’ फिल्म निकेश खड्काले निर्देशन गर्न लागेका हुन् ।

चपली हाइटमा सशक्त अभिनय गर्ने अभिनेत्री बिनिता वरालको स्थानमा यो सिक्वेलमा अभिनेत्री स्वस्तिमा खड्का छानिएकी छन् ।

अर्जुन कुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नव अभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहनेछ ।


 


प्रकाशित मितिः बुधबार, भदौ २५, १३:३६