काठमाडौंः भागवत वाचक आचार्य श्रीनिवास पक्राउ परेका छन् । आचार्यले आफैंले गोली हान्न लगाएको खुलासा भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार प्रहरीले पत्रकार सम्मेलनमार्फत आचार्य आफैँले गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । उनीमाथि चैत २५ गते राति विराटनगरमा उनकै अंगरक्षक माधव चौधरीले गोली हानेको पक्राउ परेका चौधरीको बयानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

उनलाई सोमबार काठमाडौंबाट पक्राउ गरी विराटनगर लगेको पनि प्रहरीले जानकारी दिएको छ । आचार्य श्रीनिवाससँगै चौधरीलाई पनि सार्वजनिक गरिएको छ ।