काठमाडौं: देशका पश्चिमी भूभागमा मंगलबारको मौसममा सामान्य बदली भई अन्य पहाडी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ३.६ र अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस मापन भएको थियो ।


प्रकाशित मितिः मंगलबार २९ पौष, ०७:१५