काठमाडौंः पश्चिमी वायूको प्रभावले आज देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

हाल देशको मध्य तथा पुर्वी भू–भागमा सामान्यदेखि पुर्ण बदली रहि पश्चिमी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । पुर्वी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


। यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रकाशित मितिः शनिबार, चैत १, ०८:५८