काठमाडौंः देशका केही भू-भागमा आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविदका अनुसार प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ।
यसबाहेक देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आइतबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।
अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
।
तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
प्रकाशित मितिः ४ माघ २०७७, आइतबार, ०८:०६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook