काठमाडौंः देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा हल्का हिमपात र प्रदेश १ का पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन्।

शुक्रबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

हाल दक्षिणपूर्वी अरवियन सागरमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसमविदले बताएका छन्।



प्रकाशित मितिः २६ मंसिर २०७७, शुक्रबार, ०७:३८