काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

मंगलबार ९१ हजार २ सयमा कारोबार भएको छापावाला सुन बुधबार ५ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज १५ रुपैयाँले बढेर ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, ११:०७