काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

शुक्रबार ९० हजार ६ सयमा कारोबार भएको छापावाला सुन आइतबार ७ सयले बढेर ९१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, ११:०८