काठमाडौंः आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन २ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर ७० हजार २ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी भने स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक ५, १०:४५