काठमाडौंः आज सुनको मूूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार ९१ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज पनि स्थिर रहँदै ९ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, १०:५२