काठमाडौंः आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

बिहीबार ९१ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ५ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १०:५९