काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार ९१ हजारमा कारोबार भएको छापावाला सुन ४ सयले घटेर मंगलबार ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, १०:५७