काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजारमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार ३४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १०:४७