काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी ५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक लाख १२ हजार कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २६ भदौ २०८० मंगलबार, ०७:३१