काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

आइतबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ९५ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १०:५५