काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी ५ रुपैयाँले घटेको हो ।

बुधबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, ११:१७