काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहेर प्रतितोला १ हजार २०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, १३:०४