काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

सोमबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, ११:४६