काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार ९१ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहेर प्रतितोला १ हजार ३४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, ११:०४