काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ५ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

बिहीबार ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ५ सय रुपैयाँले घटेर ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १४ गते शुक्रबार, १०:५७