काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन बिहीबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ ।

चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, पुस ३, ११:०१