काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहेर प्रतितोला १ हजार ४५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २८ जेठ २०८० आइतबार, ०५:०४