काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी ५ रुपैयाँले घटेको हो ।

सोमबार ७६ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमै कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, माघ १४, १०:५२