काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार १७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ११ बिहीबार, ११:०५