काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बिहीबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार २०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, ११:२९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook