काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बिहीबार प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज १७, १०:५४