काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ५५० जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङका १ जना, तेह्रथुमका २ जना र मोरङका २ जनामा, प्रदेश २ को पर्साका ३ जना र सिराहाका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका २९ जना, काभ्रेपलाञ्चोकका १ जना, चितवनका ६ जना, धादिङका २ जना, भक्तपुरका ११ जना र ललितपुरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ८ जना, नवलपरासी पूर्वका १ जना, बाग्लुङका १ जना र स्याङ्जाका १ जनामा तथा लुम्बिनी प्रदेशको गुल्मीका १ जना, दाङका २ जना, नवलपरासीका १ जना, बर्दियाका १ जना, बाँकेका १ जना र रुपेन्देहीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, सूदूरपश्चिम प्रदेशको अछामका १ जना र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ४ गते बुधबार, १८:०९