काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरका १ जना, ओखलढुंगाका १ जना, झापाका २ जना, धनकुटाका १ जना र मोरङका ५ जनामा, प्रदेश २ को धनुषाका ३ जना, महोत्तरीका १ जना, सप्तरीका १ जना र सर्लाहीका २ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ४४ जना, काभ्रेपलाञ्चोकका २ जना, चितवनका १ जना, दोलखाका १ जना, धादिङका १ जना, भक्तपुरका ७ जना, मकवानपुरका १ जना, ललितपुरका ८ र सिन्धुपलाञ्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, गण्डकी प्रदेशको कास्कीका १३ जना, गोरखाका १ जना, तनहुँका १ जना, बाग्लुङका २ जना र स्याङ्जाका १ जनामा तथा लुम्बिनी प्रदेशको दाङका १ जना, बाँकेका १ जना र रुपेन्देहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, सूदूरपश्चिम प्रदेशको कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ५ गते बिहीबार, १८:२८