काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ७५० जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापाका ३ जना, धनकुटाका १ जना, भोजपुरका १ जना, मोरङका १ जना र सुनसरीका १ जनामा, प्रदेश २ को धनुषाका १ जना, बाराका २ जना र सप्तरीका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ३० जना, चितवनका ४ जना, धादिङका १ जना, भक्तपुरका १० जना, ललितपुरका ५ जना र सिन्धुलीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ४८ जना, तनहुँका १ जना, पर्वतका २ जना, लमजुङका १ जना र बाग्लुङका २ जनामा तथा लुम्बिनी प्रदेशको दाङका १ जना, नवलपरासीका १ जना, पाल्पाका १ जना, बाँकेका १ जना र रुपेन्देहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको सुर्खेतका १ जना तथा सूदूरपश्चिम प्रदेशको अछामका १ जना र बझाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, १७:४८