काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को मोरङका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ४२ जना, चितवनका ४ जना, भक्तपुरका १ जना र ललितपुरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका २ जना, नवलपरासी पूर्वका १ जना, म्याग्दीका १ जना, लमजुङका १ जना र बाग्लुङका १ जनामा तथा लुम्बिनी प्रदेशको नवलपरासीका १ जना, बर्दियाका ३ जना, बाँकेका २ जना र रुपेन्देहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, सूदूरपश्चिम प्रदेशको बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ७ गते शनिबार, १६:३२