काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापाका १ जना र मोरङका १ जनामा, प्रदेश २ को धनुषाका १ जना, सप्तरीका २ जना र सिराहाका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ३४ जना, काभ्रेपलाञ्चोकका २ जना, भक्तपुरका २ जना, रामेछापका १ जना र ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ७ जना, गोरखाका ३ जना, तनहुँका १ जना, पर्वतका १ जना, म्याग्दीका २ जना, बाग्लुङका २ जना र स्याङ्जाका ३ जनामा तथा लुम्बिनी प्रदेशको पाल्पाका २ जना, प्यूठानका १ जना, बर्दियाका १ जना र बाँकेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



प्रकाशित मितिः २०७७ साल चैत ८ गते आइतबार, १७:३५