काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापाका १ जना, भोजपुरका १ जना, मोरङका १ जना र सुनसरीका १ जनामा, प्रदेश २ को पर्साका ३ जना, बाराका ६ जना र रौतहटका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ५१ जना, काभ्रेपलाञ्चोकका १ जना, चितवनका ८ जना, दोलखाका २ जना, धादिङका १ जना, भक्तपुरका ११ जना र ललितपुरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ७ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ४ जना, बाग्लुङका १ जना र स्याङ्जाका २ जनामा तथा लुम्बिनी प्रदेशको अर्घाखाँचीका १ जना, गुल्मीका २ जना, दाङका ४ जना, बर्दियाका ४ जना, बाँकेका ५ जना र रुपन्देहीका ६ जनामा तथा सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, २१:३८