काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७६ हजार २४४ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङका १ जना, झापाका २ जना, मोरङका २ जना र सुनसरीका ४ जनामा, प्रदेश २ को धनुषाका १ जना र सप्तरीका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ७६ जना, चितवनका ४ जना, भक्तपुरका ५ जना, ललितपुरका १६ जना र सिन्धुलीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ५९ जना, तनहुँका १ जना र बाग्लुङका १ जनामा तथा लुम्बिनी प्रदेशको गुल्मीका १ जना, दाङका २ जना, पाल्पाका २ जना, बाँकेका १ जना, रुपन्देहीका ३ जना र रोल्पाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको सुर्खेतका १ जनामा तथा सूदूरपश्चिम प्रदेशको कैलालीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १० गते मंगलबार, १७:२०