काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङका १ जना, झापाका १ जना, मोरङका ४ जना र सुनसरीका १ जनामा, प्रदेश २ को पर्साका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ४१ जना, चितवनका १ जना, भक्तपुरका १९ जना, रामेछापका १ जना, ललितपुरका ५ जना र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका १९ जना, गोरखाका १ जना, तनहुँका २ जना र म्याग्दीका १ जनामा तथा लुम्बिनी प्रदेशको दाङका ६ जना, पाल्पाका २ जना, बाँकेका १ जना र रुपन्देहीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको सल्यानका ३ जनामा तथा सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका १ जना, कैलालीका १ जना र डोटीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, १८:३१