काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को मोरङका १ जना, संखुवासभाका १ जना र सुनसरीका १ जनामा, प्रदेश २ को सप्तरीका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ३७ जना, चितवनका १ जना, नुवाकोटका १ जना, भक्तपुरका ५ जना र ललितपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ७ जना, गोरखाका १ जना, नवलपरासीका १ जना र पर्वतका १ जनामा तथा लुम्बिनी प्रदेशको दाङका २ जना, पाल्पाका १ जना, बर्दियाका १ जना, बाँकेका ६ जना र रुपन्देहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, सूदूरपश्चिम प्रदेशको अछामका १ जना, कञ्चनपुरका १ जना र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १४ गते शनिबार, १९:४५