काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ जना पुगेका छन् ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को मोरङका ३ जनामा, प्रदेश २ को सिराहाका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ५२ जना, दोलखाका १ जना, धादिङका २ जना, भक्तपुरका ६ जना, मकवानपुरका २ जना, ललितपुरका ७ जना र सिन्धुलीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीका ३ जना र बाग्लुङका १ जनामा तथा लुम्बिनी प्रदेशको दाङका १ जना, नवलपरासीका ३ जना, पाल्पाका १ जना, बाँकेका १ जना र रुपन्देहीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
।
प्रकाशित मितिः २०७७ साल चैत १५ गते आइतबार, १६:५६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook