काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेका छन् ।

आज कोरोना संक्रमित थपिनेमा २५ पुरुष र ३४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ का जिल्लाहरुमा खोटाङका १ जना र मोरङका ४ जना तथा बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २४ जना, दोलखाका १ जना, नुवाकोटका १ जना, भक्तपुरका १ जना र ललितपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशका जिल्लामा कास्कीका ९ जना, पर्वतका १ जना, लमजुङ १ जना, स्याङ्जा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, लुम्बिनी प्रदेशका जिल्लाहरुमा अर्घाखाँचीका २ जना, नवलपरासीका १ जना, बाँकेका १ जना र रुपन्देहीका २ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लामा कञ्चनपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २५ गते मंगलबार, १७:३४