काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७६ हजार ९८० जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापाका २ जना र मोरङका २ जनामा, प्रदेश २ को पर्साका ५ जना र सिराहाका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ५० जना, काभ्रेपलाञ्चोकका २ जना, भक्तपुरका १ जना, ललितपुरका ७ जना र सिन्धुपञ्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका २९ जना, पर्वतका ४ जना, म्याग्दीका ३ जना, लमजुङका १ जना र बाग्लुङका १ जनामा तथा लुम्बिनी प्रदेशको गुल्मीका १ जना, दाङका २ जना, बाँकेका ४ जना र रुपन्देहीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको जाजरकोटका १ जनामा तथा सुदूरपश्चिमका कञ्चनपुरका २ जना, कैलालीका १० जना, डडेलधुराका १ जना र डोटीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, १७:२५