काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार १४७ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरका १ जना र मोरङका १ जनामा, प्रदेश २ को धनुषाका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ७८ जना, काभ्रेपलाञ्चोकका ३ जना, चितवनका २२ जना, भक्तपुरका ४ जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ३२ जना, गोरखाका १ जना, तनहुँका १ जना, नवलपरासी पूर्वका २ जना र स्याङजाका २ जनामा तथा लुम्बिनी प्रदेशको दाङका २ जना, पाल्पाका १ जना, बर्दियाका १ जना, बाँकेका १ जना र रुपन्देहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, सुदूरपश्चिमका कैलालीका १ जना र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १७ गते मंगलबार, १६:१४