काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरका १ जना, पाँचथरका १ जना र मोरङका १ जनामा, प्रदेश २ को पर्साका ४ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ७३ जना, काभ्रेपलाञ्चोकका १ जना, चितवनका ५ जना, भक्तपुरका ५ जना, ललितपुरका ८ जना र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका १५ जना, गोरखाका १ जना, तनहुँका ३ जना, पर्वतका १ जना, म्याग्दीका १ जना, लमजुङका १ जना र बाग्लुङका ५ जनामा तथा लुम्बिनी प्रदेशको कपिलवस्तुका २ जना, दाङका ७ जना, पाल्पाका ४ जना, बर्दियाका २ जना, बाँकेका ४ जना र रुपन्देहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको सल्यानका १ जनामा तथा सुदूरपश्चिमका कैलालीका २ जना र डोटीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, १७:३०