काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को मोरङका १ जना र सुनसरीका ३ जनामा, प्रदेश २ को धनुषाका १ जना, पर्साका ८ जना र सर्लाहीका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ५७ जना, काभ्रेपलाञ्चोकका १ जना, चितवनका ३ जना, भक्तपुरका २ जना, मकवानपुरका १ जना, रामेछापका १ जना, ललितपुरका १० जना र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका १ जना, तनहुँका २ जना र म्याग्दीका १ जनामा तथा लुम्बिनी प्रदेशको नवलपरासीका १ जना, प्यूठानका १ जना, बाँकेका ८ जना र रुपन्देहीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको दैलेखका १ जना, सल्यानका १ जना र सुर्खेतका १० जनामा तथा सुदूरपश्चिमका बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २१ गते शनिबार, १६:५७