काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापाका १ जना, मोरङका ६ जना, संखुवासभाका ३ जना र सुनसरीका १ जनामा, प्रदेश २ को पर्साका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ८७ जना, चितवनका १ जना, धादिङका १ जना, भक्तपुरका ४ जना, ललितपुरका ८ जना, सिन्धुपाल्चोकका १ जना र सिन्धुलीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका २४ जना, मनाङका ५ जना, म्याग्दीका १ जना, बाग्लुङका ६ जना र स्याङ्जाका १ जनामा तथा लुम्बिनी प्रदेशको कपिलवस्तुका १ जना, गुल्मीका २ जना, दाङका २ जना, पाल्पाका ६ जना, बर्दियाका २ जना, बाँकेका १ जना र रुपन्देहीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको जाजरकोटका १ जना र सुर्खेतका ४ जनामा तथा सुदूरपश्चिमका कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २२ गते आइतबार, २०:१९