काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७८ हजार २१० जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापाका २ जना, मोरङका ५ जना र सुनसरीका २ जनामा, प्रदेश २ को धनुषाका २ जना, पर्साका ३ जना, बाराका २ जना र महोत्तरीका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका ९८ जना, काभ्रेपलाञ्चोकका १ जना, चितवनका ३७ जना, धादिङका १ जना, भक्तपुरका १३ जना, रामेछापका १ जना, ललितपुरका २६ जना, सिन्धुपाल्चोकका १ जना र सिन्धुलीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका १९ जना, गोरखाका १ जना, तनहुँका २ जना, नवलपरासी पूर्वका ६ जना, पर्वतका १ जना, म्याग्दीका २ जना, लमजुङका १ जना, बाग्लुङका २ जना र स्याङ्जाका २ जनामा तथा लुम्बिनी प्रदेशको कपिलवस्तुका २ जना, दाङका ६ जना, पाल्पाका १ जना, बर्दियाका १ जना, बाँकेका ८ जना र रुपन्देहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको जाजरकोटका १ जना र सल्यानका १ जनामा तथा सुदूरपश्चिमका कञ्चनपुरका १ जना, कैलालीका ५ जना र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २३ गते सोमबार, २१:२९