काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७८ हजार ४७० जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को ताप्लेजुङका १ जना, मोरङका ३ जना र सुनसरीका ५ जनामा, प्रदेश २ को धनुषाका २ जना, पर्साका ६ जना, बाराका २ जना, महोत्तरीका १ जना र सर्लाहीका २ जनामा तथा बागमती प्रदेशको काठमाडौंका १०८ जना, चितवनका ५ जना, नुवाकोटका १ जना, भक्तपुरका ८ जना, मकवानपुरका ६ जना र ललितपुरका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका २१ जना, गोरखाका ३ जना, तनहुँका ३ जना, पर्वतका २ जना, म्याग्दीका १ जना, लमजुङका २ जना र बाग्लुङका ५ जनामा तथा लुम्बिनी प्रदेशको गुल्मीका १ जना, दाङका ८ जना, पाल्पाका ३ जना, बर्दियाका ३ जना, बाँकेका ७ जना र रुपन्देहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिमका १ जना, सल्यानका १ र सुर्खेतका २ जनामा तथा सुदूरपश्चिमका बझाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २४ गते मंगलबार, २१:४६