काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरका १ जना, झापाका ५ जना, धनकुटाका १ जना, मोरङका ११ जना र सुनसरीका ४ जनामा, प्रदेश २ को धनुषाका ३ जना, महोत्तरीका १ जना र सिराहाका १ जनामा तथा बागमती प्रदेशको काठमाडौंका १२८ जना, काभ्रेपलाञ्चोकका २ जना, चितवनका २ जना, धादिङका २ जना, नुवाकोटका १ जना, भक्तपुरका ११ जना, ललितपुरका १५ जना र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ४१ जना, पर्वतका ४ जना, लमजुङका १ जना, बाग्लुङका २ जना र स्याङ्जाका ३ जनामा तथा लुम्बिनी प्रदेशको कपिलवस्तुका १ जना, दाङका ६ जना, पाल्पाका ४ जना, बर्दियाका २ जना, बाँकेका १६ जना, रुकुम पूर्वका १ जना र रुपन्देहीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको कालीकोटका २ जना, जुम्लाका १ जना, दैलेखका १ जना, रुकुम पश्चिमका १ जना, सल्यानका १ जना र सुर्खेतका ७ जनामा तथा सुदूरपश्चिमका अछामका १ जना, कैलालीका २ जना र बाजुराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २९ गते आइतबार, १७:३६