काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ जना पुगेका छन् ।

आज कोरोना संक्रमित थपिनेमा ४६ पुरुष र ५८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को जिल्लाहरुमा खोटाङका १ जना, झापाका २ जना, तेह्रथुमका १ जना, मोरङका ४ जना र सुनसरीका १ जनामा तथा प्रदेश २ को महोत्तरीका १ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बागमती प्रदेशको काठमाडौंका ३२ जना, काभ्रेपलाञ्चोकका ४ जना, चितवनका २ जना, दोलखाका १ जना, नुवाकोटका १ जना, भक्तपुरका २ जना, रामेछापका २ जना र ललितपुरका ११ जना तथा गण्डकी प्रदेशको कास्कीका ११ जनार बाग्लुङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, लुम्बिनी प्रदेशको दाङका ९ जना, पाल्पाका ३ जना, बाँकेका ३ जना, रुपन्देहीका २ जना र रुकुम पश्चिमका ४ जना, कर्णाली प्रदेशको सुर्खेतका १ जना तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, १७:१०