काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ७० जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को मोरङका २ जनामा तथा प्रदेश २ को सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बागमती प्रदेशको काठमाडौंका ३६ जना, चितवनका ९ जना, भक्तपुरका ४ जना, ललितपुरका ४ जना र सिन्धुपाल्चोकका २ जनामा तथा गण्डकी प्रदेशको कास्कीका ९ जना, गोरखामा १ जना, तनहुँका १ जना, नवलपरासी पूर्वका १ जना, लमजुङका १ जना र कपिलवस्तुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशको दाङका १३ जना, नवलपरासीका १ जना, बर्दियाका २ जना, बाँकेका २ जना र रुपन्देहीका ६ जनामा तथा कर्णाली प्रदेशको सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



प्रकाशित मितिः २०७७ साल फागुन २७ गते बिहीबार, १७:१३