काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७५ हजार ११८ जना पुगेका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ को झापाका १ जना र मोरङका २ जनामा तथा बागमती प्रदेशको काठमाडौंका १९ जना, धादिङका १ जना, नुवाकोटका १ जना, भक्तपुरका ३ जना र ललितपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ७ जना, नवलपरासी पूर्वका १ जना, स्याङजाका १ जना र अर्घाखाँचीका १ जनामा तथा लुम्बिनी प्रदेशको दाङका १ जना, नवलपरासीका १ जना, र रुपेन्देहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिमका १ जनामा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, १९:२३